शान्तिका लागी जेरुसेलममा ३० हजार महिलाको प्रदर्शन

एजेन्सीः प्यालेस्टाईन र इजरायलका हजारौं महिलाले दुई देशबीच शान्ति सम्झौताको माग गर्दै जेरुसलममा प्रदर्शन गरेका छन् । जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झन्डै तीस हजार महिला सहभागी भएको आयोजकले जनाएका छन् ।
‘वुमन वेज पिस’ ले आयोजना गरेको प्रदर्शन गत दुईसातादेखि निरन्तर चलिरहेको आन्दोलनको पछिल्लो कार्यक्रम हो ।
उनीहरुले गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दबाबमूलक कार्यक्रम गर्दै आइरहेका छन् । दक्षिणी शहर स्डेरोटबाट सुरु भएको उक्त विशाल ¥यालीले विभिन्न ठाउँहरु पार गर्दै वेस्टव्याङसम्म ढोकेको थियो ।
वुमेन पिस गत तीन वर्ष अगाडी स्थापना भएको हो । यस्ले इजरायल र प्यालेस्टाइनबचिको रक्तपातपूर्ण द्वन्द्व अन्त्यका लागि दुइ देशबीचमा शान्ति सम्झौता गर्न माग गर्दै आइरहेको छ । यो संस्थामा लगभग २४ हजार जना सदस्इ रहेका छन् । उनीहरुले शान्ति सम्झौता नभएसम्म आफ्नो अभियानलाई नरोक्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार