समानुपातिक बन्द सूचीमा पर्यटन क्षेत्रको प्रतिनिधित्वको माग गर्दै निट

नेपाल पर्यटन व्यवसायी संघ (निट)ले पर्यटन क्षेत्रका ब्यक्तित्वलाई पनि पार्टीको समानुपातिक बन्द सूचीमा समावेश गर्नुपर्ने शिफारिस गरेको छ । नेपाली कांगे्रस निकट पर्यटन व्यवसायी संघ (निट) ले बन्द सूचीका लागी निट नेपालका तर्फबाट पर्यटन क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका पर्यटनविदहरुलाई समानुपातिक बन्द सूचीका लागि शिफारिस गरेको हो ।

निटको शनिबार बसेको बैठकले समानुपातिक सूचीका लागी क्रमश निट नेपालका अध्यक्ष दिपक महत, निटका सहअध्यक्ष रामशरण थपलिया तथा कन्द्रीय सल्लाहकार आङछिरिङ शेर्पाको नाम शिफारिस गरेको छ ।
निटद्वारा प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरिएको पत्रमा देशको समृद्धिको दिशामा महत्वपूर्ण योगदानको हैसियत बोकेको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउन सफल ब्यक्तिहरुलाई प्रतिनिधित्व गराउन समानुपातिक बन्द सूचीमा समावेश गर्न अनुरोध गरेको छ ।
निटका उपाध्यक्ष केशव पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा पर्यटन क्षेत्रका तीन जनाको नाम सिफारिस गर्नुका साथै पार्टीले निटलाई पार्टीको सुभेक्षुक संस्थाको रुपमा मान्यता प्रदान गर्नुपर्ने समेत उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार