गोली प्रहारमा संलग्नहरु प्रहरीद्धारा सार्वजानिक ।

दुधकौशिका गाउपालिका ३ का एक बालक टंकराम राईमाथि गोली चलाएको घटनामा संलग्न रहेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आज सार्वजानिक गरेको छ ।

एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग गरिने बारुद सहित संलग्न व्यक्तिहरु धनविर तामाङ, आस्ना तामाङ र बुद्ध तामाङलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजानिक गरेको हो । ४ दिन अघि उनीहरु हतियार सहित पक्राउ परेका थिए ।

घटनामा संलग्न रहेकाहरुलाई अबैध हतियार खरखजना र ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरि अनुसन्धान गरिरहेको प्रहरी प्रमुख रेशम बहादुर पराजुलीले बताउनुभयो । घाईते बालकको भने त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको र हाल खतरामुक्त रहेको बताईएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अबैध हतियार संकलन समेत शुरु गरेको छ । अबैध हतियारको प्रयोग बढ्न थालेको भन्दै प्रहरीले हतियार संकलन शुरु गरेको जनाएको छ । यस अघि केरुङको पत्तालेमा श्रीमान् श्रीमतीको झगडामा प्रयोग गर्न खोजेको अबैध हतियार प्रहरीले बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार