श्रीएयरले ढुवानी दर बढाएपछि व्यबसायीहरु आन्दोलित ।

सोलुखुम्बुको लुक्ला र स्याङबोचेमा खाद्यान्न लगायतका निर्माण सामाग्री ढुवानी गर्दै आएको श्रीएयरलाईन्सले ढुवानी दर बढाएको जानकारी दिदै उडान बन्द गरेपछि व्यबसायीहरु आन्दोलित बनेका छन् । एयरलाईन्सले प्रतिकेजी २० रुपैयाका दरले भाडादर बढाएपछि सगरमाथा क्षेत्रका व्यबसायीहरु आन्दोलित बनेका हुन ।

उनीहरुले पुरानै ढुवानी दर कायम हुनुपर्ने माग गर्दै सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउनुका साथै ध्यानाकर्षण समेत गराएका छन । यसअघि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा प्रतिकेजी ७० रुपैयामा सामान ढुवानी गर्दे आएकोमा अहिले प्रतिकेजी ९० र स्याङबोचे विमानस्थलमा ९० रुपैयामा ढुवानी गर्दै आएकोमा ११० रुपैया कायम गरिएको छ । पर्यटकीय सिजन चलिरहेका बेला विना जानकारी भाडादर बृद्धि गरिएको भन्दै उनीहरुले एयरलाईन्सलाई तत्काल निर्णय सच्चाउन भनेको छ ।

प्रेस विज्ञेप्ती सार्वजानिक गर्दै व्यबसायीहरुले विग्रने सामानहरुको क्षतिपुर्तिको माग गरेका छन् भने चाडो निकास खोज्न समेत आग्रह गरेका छन् ।

ढुवानीदर बढेसगै सगरमाथा क्षेत्रमा महंगी बढ्ने र त्यहाका जनता थप मारमा पर्ने भन्दै व्यबसायीहरुले पुर्व सहमती अनुसार सामान ढुवानी नगराएमा चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार