सगरमाथा पदयात्राको बैकल्पिक पदमार्ग – गोक्यो ताल ।

सगरमाथा पदयात्राको बैकल्पिक पदमार्गको रुपमा गोक्यो ताललाई पनि लिईन्छ । जिल्लाको खुम्जुङ गाविसमा रहेको गोकियो ताल नेपालको उच्च भू-भागमा रहेका महत्वपूर्ण सिमसार मध्येको एक हो । गोकियो ताल विश्व सम्पदा सूचिमा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको छ ।

यस क्षेत्रमा ८० भन्दा बढी प्रजातिका फूल फुल्ने वनस्पति, हिउँ चितुवा, कस्तुरी मृत, झारलजस्ता वन्यजन्तु पाइने अध्ययनले देखाएको छ । गोकियो क्षेत्रलार्ई जैविक विविधताको ‘हट–स्पट’ समेत भन्ने गरिएको छ ।

४ हजार ७ सयदेखि पाँच हजार मिटरको उचाइमा रहेका ६ वटा ताल एकअर्कामा जोडिएका छन् । जसलाई समग्रमा ‘गोक्यो ताल संयन्त्र’ भनिन्छ । यसका अलवा सगरमाथासहित ल्होत्से, मनास्लु लगायतका धेरै उच्च शिखर पनि नियाल्न सकिन्छ ।

यो रुट अन्तरगत लुक्ला,  नाम्चे,  थामे उपत्यका, रेन्जो पास हुँदै गोक्यो ताल पुगेर डोले हुँदै पुन: नाम्चेमा आएर लुक्ला झर्ने गर्दछ । नेसनल जियोग्राफिकले छानेको विश्वका ५० अद्भूत ठाउँमध्ये गोक्यो ताल पनि एक हो ।

संख्या एकिन नभएपनि सगरमाथा वेस क्याम्प, कालपत्थर, गोक्यो ताल लगायतका चर्चित ट्रेकिङ रुटहरुमा बर्षेणी हजारौं पर्यटकहरु पुग्ने गरेका अधिकारीहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार