अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि हुने


स्याङ्जा । प्याराग्लाइडिङ सम्बन्धी यस क्षेत्रको प्रचारप्रसार तथा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्ले अन्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा हुने भएको हो ।
प्याराग्लाइडिङसम्बन्धी प्रशिक्षण दिने स्कुलसमेत रहेकाले यो क्षेत्र प्याराग्लाइडिङका लागि उत्कृष्ट स्थान रहेकाले यहा दैनिकजसो प्याराग्लाइडिङ भइरहने आयोजक बाबु एडभेञ्चर क्लबका अध्यक्ष अर्जुनजंग केसीले बताउनुभयो ।
अध्यक्ष केसीका अनुसार प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबले जनाएको छ ।
प्रतियोगितामा स्याङ्जा जिल्लाका चापाकोट, गहाँैसुर, सिर्सेकोट, मिर्मी, हुनिकोट, सतौँ, खिलुङ र सिरुवारीलाई समेट्ने लक्ष्य लिएर आयोजना गरिएको हो । प्याराग्लाइडिङ प्रतियागितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विट्जरल्याड, बंगलादेश लगायतका देशका खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगिताबाट सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदका लागि चार महिला र आठ पुरुष छनोट गरिनेछ । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ८५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार