एमाले र माओवादी टान नेतृत्वको दावी गर्दै सहमतिको प्रयासमा


ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को निर्वाचन नजिकिएसंगै एमाले र माओवादी निकट पर्यटन व्यवसायीहरुले अध्यक्षका प्रत्यासी उम्मेदवार उठाउने तय गरेका छन् । एमाले निकट पर्यटन व्यवसायीहरुले कुमार थापालाई नेतृत्वका लागि अघि सारेका छन् भने माओवादी निकटले नवराज दाहाललाई नेतृत्वका लागि अघि सारेका छन् ।
नेतृत्वका लागि प्रत्यासी अघि सार्दै गर्दा सहमतिका लागि एमाले माओवादीबीच सहमतिका लागि छलफल गर्ने र त्यसपछि कांग्रेससंग सहमतिको प्रयास गर्ने टानका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । माओवादी निकट पर्यटन व्यवसायीले अध्यक्ष पद कुनैपनि हालतमा छोड्न नसकिने प्रथम उपाध्यक्ष गुरुङले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘अध्यक्ष पद बाहेकका अरु पदमा एमाले र कांग्रेससंग सहमति गर्न प्रयास गरिरहेका छौं ।’
यता एमाले निकट पर्यटन व्यवसायीहरु पनि छलफल र सहमतिकै प्रयास जुटिरहेको एनएमएका सचिव तथा टानका सदस्य टिकाराम गुरुङले बताउनुभयो । उहाँले माओवादीसंग सहमतिका लागि छलफल गर्ने तर कांग्रेससंग कुनैपनि हालतमा सहकार्य नगर्ने स्पष्ट पार्नुभयो । उहाँले एमाले र माओवादी निकट पर्यटन व्यवसायीहरु छलफलमा जुटिरहेको र भोली (मंगलबार) विहान सम्ममा छलफलको नतिजा आइसक्ने बताउनुभयो ।
यता कांग्रेस निकट पर्यटन व्यवसायीहरुबाट भने अहिलेसम्म अध्यक्ष लगायत कुनै पदका लागि को उठाउने भन्ने विषयमा कुनै प्रतिक्रिया आएको छैन । टानको कात्तिक १२ गते हुने निर्वाचनमा एक अध्यक्ष, वरिष्ठ, प्रथम र द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र खुल्ला सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार