टानमा दुइ प्यानलः लम्साल र दाहाल अध्यक्षका प्रत्यासी

टे«किङ एजेन्सिज एशोसिएन अफ नेपाल (टान) को निर्वाचनमा दुईवटा प्यालनबीच प्रतिस्पर्धा हुने भएको छ । विहिबार (आज) दुवै पक्षले प्यानलसहितको मनोनयन दर्ता गराएका छन् । प्रजातान्त्रिक गठबन्धनको प्यानलबाट अध्यक्षमा मोहन लम्साल, वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्ष बाबुकाजी सिटौला, द्वितिय उपाध्यक्ष निलहरी बास्तोला, महासचिव चेवन देवकोटा, सचिवमा चोलेन्द्रबहादुर कार्की, कोषाध्यक्ष सुवास केसी, सह कोषाध्यक्षमा किरण धरेलको उम्मेदवारी परेको छ भने सदस्यहरुमा महिला सदस्य ऋितु ग्यामदान (तामाङ), शेरबहादुर परियार, जंगबहादुर लामा, कुलप्रसाद सुवेदी, सरोज कट्टेल, तपन रायमाझी, सूयबहादुर थापा, नामग्याल जाङ्बु शेर्पा र आङबाबु शेर्पा रहेका छन् ।
यता बाम गठबन्धनका तर्फबाट अध्यक्षमा नवराज दाहाल, वरिष्ठ उपाध्यक्ष पूर्णचन्द्र भूषाल, प्रथम उपाध्यक्ष जीवन थापामगर, द्वितीय उपाध्यक्ष ऋषिप्रसाद नेपाल, महसचिवमा आङ पेम्बा शेर्पा, सचिव सुजन लामिछाने, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, सहकोषाध्यक्षमा तारा रानामगर रहेका छन् । सदस्यहरुमा हर्क गुरुङ, बाबुराम गुरुङ, जीवन लामा, शुक लामा, रबिन्द्र अधिकारी, गोपाल श्रेष्ठ, राजन काप्री, हरिशरण खरेल र महिला सदस्यमा कविता लामिछाने (रिजाल) रहेका छन् । टान निर्वाचनमा नुरु जाङबु शेर्पाले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । टानको १७ पदका लागि कात्तिक १२ (अक्टोबर २९) मा निर्वाचन हुँदैछ । दुवै गठबन्धनले लामो छलफलको प्रयास पछि प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारहरु शुक्रबारदेखि व्यापक प्रचारप्रसारमा जुट्ने टानका सदस्यहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार