टानको मतगणना केहिबेरमा शुरु हुने


टे«ेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को मतगणना केहिबेरपछि शुरु हुँदैछ । निर्वाचनको नतिजा आज (आईतबार) राती अबेरसम्म आइसक्ने टानले जनाएको छ ।
आज (आईतबार) दिउँसो १ बजे बाट शुरु भइ साँझ ५ बजे सम्पन्न मतदानमा टानका ११ सय ८५ मतदातामध्ये ७ सय २७ जनाले मतदान गरेका थिए ।
टान निर्वाचनको मतपरिणाम मिश्रित आउनसक्ने अनुमान गरिएको टान सदस्यहरुले बताएका छन् । टानको ३९ औं साधारणसभाबाट चुनिने नेतृत्वको कार्यकाल दुइ वर्षको हुनेछ ।
नयाँ आउने नेतृत्वलाई टानका अहिलेसम्म विवादित बन्दै आएका विषयहरुमा काम गर्ने चुनौति र अवसर दुवै हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार