टान अध्यक्षमा वाम गठबन्धनका दाहाल विजयी अन्य पदमा नतिजा मिश्रित


टे«ेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा वाम गठबन्धका नवराज दाहाल निवार्चित हुनुभएको छ । दाहालले ३ सय ३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । अध्यक्षका प्रत्यासी प्रजातान्त्रिक गठबन्धका मोहन लम्सालले ३ सय १३ प्राप्त गर्नुभएको थियो ।
यता वरिष्ठ उपाध्यक्षमा भने प्रजातान्त्रिकका खुमबहादुर सुवेदीले ३६९ मत ल्याइ जित आफ्नो पोल्टामा पार्नुभएको छ । वरिष्ठ उपाध्यक्षमा अर्का उम्मेदवार वाम गठबन्धनका पूर्णचन्द्र भूषालले ३ सय २८ प्राप्त गर्नुभएको थियो । यसैगरी प्रथम उपाध्यक्षमा वामगठबन्धका तर्फबाट जीवन थापामगर, द्वितीय उपाध्यक्षमा प्रजातान्त्रिक गठबन्धनका नीलहरी बास्तोला, महासचिवमा वाम गठबन्धनका आङ पेम्बा शेर्पा, सचिवमा वामकै सुजन लामिछाने, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना निर्वाचित हुनुभएको छ । सहसचिवमा प्रजातान्त्रिकका तारा रानामगर निर्वाचित हुनुभएको छ ।


सदस्यहरुमा महिला सदस्यमा प्रजान्त्रिकका ऋतु ग्याम्दान (तामाङ) विजयी हुनुभएको छ । अन्य सदस्यहरमा जीवन लामा, रबिन्द्र अधिकारी, गोपाल श्रेष्ठ, बाबुराम गुरुङ, जंगबहादुर लामा, राजनप्रसाद काप्री, सुकबहादुर लामा र शेरबहादुर परियार निर्वाचित हुनु भएको छ ।


आईतबार सम्पन्न निर्वाचनमा टानको कुल ११ सय ८५ मतदातामध्ये ७ सय २७ जनाले मतदान गरेका थिए । टानको ३९ औं साधारणसभाबाट चुनिएका दाहाल नेतृत्वको कार्यकाल दुइ वर्षको हुनेछ ।
नयाँ नेतृत्वलाई टानका अहिलेसम्म विवादित बन्दै आएका विषयहरुमा राम्रो काम गर्न सके चुनौति र अवसर दुवै हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार