ज्वालामाई दर्शनका लागी आन्तरीक पर्यटक आउने क्रम बढ्यो ।

सोलुखुम्बु जिल्लाकै प्रसिद्ध धार्मिक तीर्थस्थल तामाखानीमा ज्वालामाई देवीको दर्शनका लागी आन्तरीक पर्यटक आउने क्रम बाक्लिएको छ ।

बोल्दो खोलामा पक्की पुल बनेसगै आवतजावतमा सहज भएकाले आन्तरीक पर्यटकहरु आउने क्रम बढेको मन्दिरका पुजारी विक्रम राजभण्डारीले बताए । सल्लेरीबाट सिधै तामाखानीसम्म यातायातका साधन जान आउन थालेपछि विगतको भन्दा दोव्बर आन्तरीक पर्यटक बढेको मन्दिर व्यबस्थापन समितीले जनाएको छ ।

जिल्लाका अधिकाशं भेग र छिमेकी जिल्लाहरु ओखलढुङा, खोटाङ, रामेछाप लगायतका जिल्लाहरुबाट समेत दर्शनार्थीहरु आउने गरेका छन । कार्तिक शुक्ल एकादशीदेखि हालसम्म ५ हजार भन्दा बढी भक्तजनहरु देवीको दर्शनका लागी आएका व्यबस्थापन समितीले जनाएको छ ।

मन्दिरमा रुद्रीपाठ गर्ने, लाख बत्ती बाल्ने तथा आफ्नो मनोकांक्षा पुरा भएकाहरुले देवीको नाममा गरगहना चढाउने गरेका छन् । मन्दिरमा दिनहु जसो टाढा टाढाका भक्तजनहरु पुग्ने गरेका पुजारी राजभण्डारीले बताए ।

यसैबीच मन्दिर व्यस्थापन समितीले सल्लेरी तामाखानी सडक कालोपत्रेका लागि सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको बताएका छन् । जिल्लाको विकासका लागी ठुलो बजेट विनियोजन हुदै आएको भएपनि मन्दिर व्यबस्थापनका लागी खासै चासो नदिएको उनीहरुले गुनासो गरेका हुन । चाडै सडक कालोपत्रे भएमा जिल्लाकै चर्चित धार्मिक स्थलको प्रवर्धनमा थप टेवा पुग्ने र अझ आन्तरीक  पर्यटकको संख्या बृद्धि हुने उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार