पूर्वाधारको अभावले फस्टाउन सकेन पर्यटनः व्यवसायी


प¥याप्त भौतिक पूर्वाधारको अभावले मुलुकको पर्यटन उद्योग अपेक्षा गरिएअनुसार फस्टाउन नसकेको पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटन नफस्टाउनुमा पर्यटकीय पूर्वाधारको अभाव रहेको  उच्च सरकारी अधिकारीहरुले समेत बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको संयुक्त रुपमा आयोजित ‘नेपालको पर्यटन ः सम्भावना र चुनौती’ विषयक कार्यशालाका सहभागीहरुले यस्तो बताएका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको अभावमा सोचेजस्तो विकास हुन नसकेको स्वीकार गर्नुभयो ।
वैदेशिक मुद्रा आर्जनको प्रमुख माध्यमका रुपमा रहेको पर्यटन व्यवसायको प्रवद्र्धनका निम्ति निजी क्षेत्रसँग मिलेर काम गर्न आफू सदैव तत्पर रहेको दोहो¥याउँदै उहाँले निजी क्षेत्रका समस्या समाधान गर्न आफनो सहयोग रहने बताउनुभयो । मन्त्री देवले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति बाह्य लगानीकर्तालाई आह्वान गर्दै त्यसको प्रतिफल सुनिश्चित गर्न नेपाल सरकारले कानूनी व्यवस्था गरेको स्पष्ट गर्नुभयो ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सडक, यातायातजस्ता भौतिक पूर्वाधार निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । सचिव न्यौपानेले धर्मको केन्द्रस्थलका रुपमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न सकिने पनि बताउनुभयो ।
अर्को एक कार्यक्रममा सचिव न्यौपानेले गुणस्तरीय पर्यटन प्रबद्र्धनमा पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्ड मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । टानद्वारा आयोजित कार्यक्रममा सचिव न्यौपानेले आजको युग प्रविधिको युग भएकाले एप्स निर्माण र एप्सको धेरैभन्दा धेरै उपयोग गर्नु उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को साझेदारीमा ताप्लेजुङमा सञ्चालन गरीएको परियोजना अन्तर्गत ‘कंचनजंगा स्पाइस गार्डेन टुरिजम टे«ल’ नामक नयाँ पर्यटन गन्तब्यको प्रबद्र्धन बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा ताप्लेजुङका ६० प्रतिशतभन्दा बढी किसान निर्भर रहँदै आएको अलैंची खेतीबाट देखिएको सकारात्मक तथा नकारात्मक पक्षहरुका बारेमा चर्चा गरिनुका साथै कृषि पर्यटन प्रबद्र्धनबारेमा जानकारी गराइएको थियो । नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रमका सहभागीहरुले नेपाललाई चिफ डेस्टिनेशनको रुपमा हेरिदैं गरेको अवस्थामा नेपालकोे पर्यटन क्षेत्रमा गुणस्तरीय यातायात, गुणस्तरीय उत्पादन, गुणस्तरीय सेवा सुविधा जस्ता कुराको गुणस्तरीयतामा ध्यान दिनु आजको आवश्यकता रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार