मुख्य निर्वाचन अधिकृतको कार्यालयद्धारा निर्वाचनमा सहयोग गर्न सवैसग अपिल ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले स्वतन्त्र, निष्पक्ष, धांधली र भयरहित बाताबरणमा निर्वाचन सम्पन्न गराउन सवैसग सहयोगको अपेक्षा गरेको छ । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसगै सुरक्षा चुनौंती बढ्न सक्ने तर्फ ईगिंत गर्दै कार्यालयले दलहरुलाई संयमता अपनाउन आग्रह समेत गरेको छ । मतदान कार्यमा राजनीतिक दलहरुको पुर्ण सहयोग रहने विश्वास लिदै व्यबस्थापकिय रुपमा कुनै कमजोरी नहुने कार्यालयले जनाएको छ ।

जिल्लाका राजनीतिक दल तथा जिम्मेबार निकायका प्रतिनिधीहरुसग भएको छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले निर्वाचनमा खटिएका कर्मचारीहरुप्रति शंका नगर्न दलहरुलाई आग्रह गर्नुभयो । नेपाल सरकारको राष्ट्रिय अभियान सफल बनाउन निजामती कर्मचारीहरुको जिम्मेबार भुमिका रहेको उल्लेख गर्दै प्रजिय थापाले कुनै बदमासी र फटाई गरेको उजुरी प्राप्त भएमा तत्कालै कारबार्ही गरिने जानकारी गराउनुभयो ।

छलफलमा दलहरुले सुरक्षाका सम्बन्धमा निकै चिन्ता व्यक्त गरेका छन् । जिल्लामा शंकास्पद व्यक्तिहरु भित्रन थालेको प्रति ईगिंत गर्दै बामगठबन्धन र नेपाली काग्रेसले सिमा सुरक्षामा कडाई गर्न सुझाएका छन् । उनीहरुले विभिन्न गैरसरकारी निकायहरुले चुनावी बाताबरण विगार्ने खालका गतिविधीहरु समेत गरिरहेको पाईएकाले तत्काल त्यस्ता कार्य रोक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन् ।

यस्तै प्रहरी प्रमुख रेशम बहादुर पराजुलीले सुरक्षा निकायबाट सवैलाई सहयोग गर्ने बताउनुभयो । मतदानस्थल देखि मत गणनासम्म उच्च सुरक्षा प्रदान गरिने उल्लेख गर्दै बहाले मतगणना स्थलमा यस पटक सिसीटिभी र तारजाली अनिर्वाय गर्न माथिल्लो निकायबाट परिपत्र भईसकेको समेत जानकारी दिनुभयो ।

निर्वाचन आयोगले विकट हिमाली जिल्लाहरुमा भने यस पटक हेलिकप्टरबाट मतपेटिका संकलनको व्यबस्था गरेको छ । सोलुखुम्बुमा भने मतपेटिका संकलनका सम्बन्धमा दलहरुले हेलिकप्टरको प्रयोग भएमा आफ्ना एक एक जना प्रतिनिधी सहभागी गराउनुपर्ने माग राखेका छन् ।

यसैबीच निर्वाचन आचारसंहिता उल्लघंनका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ३ बटा उजुरी परेका छन् । २ बटा बामगठबन्धन र एउटा नेपाली काग्रेसका तर्फबाट उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार