सगरमाथा क्षेत्रमा लेक लागेर पर्यटक भरियाको मृत्यु ।

सगरमाथा क्षेत्रमा लेक लागेर एक जना पर्यटक भरियाको मृत्यु भएको छ । दुधकौंशिका गाउपालिका ७ साविकको देउसा गाविसका २० बर्षिया पुर्ण राईको आज विहान लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ईन्टेक कम्पनी काठमाण्डौं मार्फत सगरमाथा आधार शिविरका लागी भारी लिएर गएका राईलाई आधार शिविरमा पुगेपछि लेक लागेको बताईएको छ । त्यस लगतै उनलाई तल झारिएको र उपचारका लागी नाम्चेस्थित स्वास्थ्य चौंकीमा पुर्याईए पनि बचाउन नसकिएको  कम्पनीले जनाएको छ ।

उनको शव आजै परिवारलाई जिम्मा लगाईएको छ । उनका दाईले शव जिम्मा लिएपछि शव हेलिकप्टर मार्फत देउसामा पठाईएको थियो । सगरमाथा क्षेत्रमा बर्षेणी लेक लागेर पर्यटक भरियाको मृत्यु हुने गरेको छ ।

यस्तै पर्यटक मजदुरहरुको ट्रेकिङको सिलसिलामा आकस्मिक निधन भएमा कम्पनी र टानले ५/५ लाख रुपैया क्षतिपुर्ति उपलव्ध गराउने कानुनी प्रावधान रहेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार