पर्यटन व्यवसायीलाई फोटोग्रफी तालिम

पोखरा । पर्यटन व्यवसायीलाई फोटोग्राफी एवं भिडियोग्राफी तालिम प्रदान दिइएको छ । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पर्यटन व्यवसायीलाइ तालीम दिएको छ ।
तालीममा पोखरा र आसपास क्षेत्रमा घरबास कार्यक्रम सञ्चालन गर्ने व्यवसायी, होटल व्यवसायी तथा पदयात्रा पर्यटन सञ्चालन गर्दै आएका पर्यटन व्यवसायहरुका सहभागिता रहेको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिनुभयो ।
प्रत्येक पर्यटक आफैँमा पर्यटनको सम्वाहक भएको बताउँदै उहाँले पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका लागि फोटोग्राफी एवं भिडियोग्राफी तालीम आवश्यक रहेको महसुस गरी तालीम प्रदान गरिएको बताउनुभयो । तालिम शुक्रबारदेखि सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार