फ्याफुल्लाको सफाई अभियानमा १३ सय केजी फोहोर संकलन ।

फ्याफुल्ला तामाङ सेवा समाज लुक्लाले सफाई अभियान सञ्चालन गरी करिव १३ सय केजी फोहोर संकलन तथा व्यबस्थापन गरेको छ ।

लुक्ला खाङग्री गेट हुदै बजार क्षेत्र, विमानस्थल परिसर र फुट्बल मैदान आसपासका क्षेत्रमा गरी १३ सय केजी फोहोर संकलन गरिएको समाजका उपाध्यक्ष धनकुमार तामाङले जानकारी दिनुभयो ।

संकलित फोहोर आजै व्यबस्थापन गरिएको छ । नजल्ने खालका सिसाजन्य फोहोरहरु सगरमाथा प्रदुषण नियन्त्रण समिती एसपीसीसीलाई जिम्मा लगाईएको पनि उपाध्यक्ष तामाङले बताएका छन् ।

हिमालयन वण्डर्सको सहयोगमा समाजका पदाधिकारीहरुले फोहोर संकलन गरेका थिए । लुक्लामा जातिय सघसंस्थाहरुले बेला बेलामा सामाजिक उतरदायित्व अन्तरगत यस्ता कार्यहरु गर्ने गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार