पर्यटकीय संघसंस्था सहकार्यमा अघि बढ्ने सन्देश प्रवाह गर्दै

पर्यटन क्षेत्रमा आवद्ध विभिन्न संघसंस्थाहरुबीचमा नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए)द्वारा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरुले यस्ता कार्यक्रमले साझा उद्देश्य र लक्ष लिएर हिडेका पर्यटन क्षेत्रसंग सम्बन्धित संघसंस्थाहरुबीचमा सहकार्य र हातेमालो गरेर अघि बढ्ने सन्देश प्रवाह भएकोमा खुशी ब्यक्ति गरे ।


नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सन्तबिर लामाले नवनिर्वाचित नेतृत्वहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुहुँदै सुधार गर्नुपर्ने कुराहरु भएमा पदमा छदै सल्लाह सुझाव दिन सबैलाई आग्रह गर्नुभयो ।
ट्रेकेङि एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पर्यटकीय सबै संघसंस्थाको उद्देश्य र मुद्दा एउटै भएकाले एक भएर अगाडी बढ्न र सहकार्य गर्न आफु सधैं तत्पर रहने बताउनुभयो । उहाँले भन्नुभयो ‘एनएमएको यो हातेमालो गर्ने कार्यक्रमको सुरुवातका लागि ज्यादै खुशी छौं ।’


पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले पर्यटन क्षेत्रको उद्देश्य र समृद्धि प्राप्तिका लागि सम्पूर्ण टिम एकसाथ रहेको बताउनुभयो । नेपाल एशोसिएसन अफ ¥याफ्ङि एजेन्सिज (नारा) का अध्यक्ष नेमबहादुर मगरले पर्यटन क्षेत्र हिमाल, पहाड, नदि जुनसुकै क्षेत्रसंग जोडिएको भएपनि समग्र क्षेत्रमा आफ्नो टिमको साथ रहने बताउनुभयो । बधाई तथा शुभकामना कार्यक्रममा नेपाल मगर पर्यटन समाजका उपाध्यक्ष राजकुमार मगरले समाजमा पर्यटन प्रबद्र्धनका लागि केहि गरौं भनेर लागिपरेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनमा एक भएर अघि बढ्ने बताउनुभयो ।


बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा एनएमएका अध्यक्ष सन्तबिर लामाले टान, पाटा नेपाल, नारा, नेपाल मगर पर्यटन समाज, विभिन्न एयरलाइन्स तथा ट्राभल एजेन्सीजका पदाधिकारीहरुलाई खादा लगाई बधाई तथा कार्यसफलताको शुभकामना दिनुभयो । कार्यक्रमा पर्यटन क्षेत्रसंग आबद्ध ब्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
यसअघि टान लगायत विभिन्न संघसंस्थाले पनि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार