प्याराग्लाइडिङ दुर्घटनामा विदेशी नागरिक घाइते

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ खहरे क्यामपिङचोकमा मंगलबार (आज) दिउँसो १ बजेतिर प्याराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिक घाइते भएका छन् ।
पोखराको सराङकोटबाट उडान गरी खहरेमा अवतरण गर्ने क्रममा टर्कीका नागरिक २८ वर्षीय महोमद सरिफ याजगिल्ला सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते महोमदको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार