नाट्टाले पचास लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाउने


ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टाका अध्यक्ष मधुसुधन आचार्यले आगामी सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने बताउनु भएको छ ।

नाट्टाको बुधबार (आज) बसेको कार्यसमिति बैठकमा अध्यक्ष आचार्यले ५० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ संस्थाले अन्य पर्यटकीय संस्थासँग समन्वय गरेर प्रचारात्मक अभियान चलाउने बताउनुभएको हो ।
बैठकले नाट्टाको को ५१औं वार्षिक साधारणसभा यही पुस २८ गते गर्ने निर्णय गरेको छ । बैठकमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको  हो ।
साधारणसभाले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नाट्टाको निर्वाचनका लागि ४७० मतदाता रहेको नाट्टाले जनाएको छ ।
निर्वाचनको निर्णय भएसँगै नाट्टाको नेतृत्वका लागि व्यवसायीमा रौनक बढेको छ । नेतृत्वका आकांक्षी धेरै भएपनि अध्यक्षका लागि वाम गठबन्धनकातर्फबाट सम्राट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक सिएन पाण्डे र स्वतन्त्र व्यवसायीबाट सि एण्ड स्काई टुर्सका प्रबन्ध निर्देशक अच्युत गुरागाईंको नाम चर्चामा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार