एनएमएद्वारा पर्वतीय पर्यटन प्रवद्र्धन र दक्ष जनशक्ति उत्पादन गर्न माउन्टेन ट्रेनिङ सञ्चालनमा


काठमाडौं । नेपाल पर्वतारोहण संघ ९एनएमए० ले माउन्टेन ट्रेनिङका विभिन्न कोर्षहरु सञ्चालन गरेको छ । पर्वतीय पर्यटन प्रबद्र्धन र यसको दीर्घकालिन विकासका लागि दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राखि माउन्टेन ट्रेनिङका विभिन्न कोर्षहरु संञ्चालन गरिएको एनएमएका अध्यक्ष शन्तबीर लामाले बताउनुभयो ।
एनएमएले २६ औं एडभान्स माउन्टेनियर ट्रेनिङ, माउन्टेन लिडर कोर्ष र हाई माउन्टेन रेस्क्यु ट्रेनिङ ९एचएमआरटी० सञ्चालन गरिरहेको छ । एनएमएले सञ्चालन गरेको तालिमका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।


एनएमएका महासचिव कुलबहादुर गुरुङले पर्यटकको संख्यात्मक र गुणात्मक बृद्धि गर्दै मुलुकको समग्र पर्यटन विकासलाई सार्थकता तुल्याउन एनएमएले तालिममूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको उल्लेख गर्नुभयो । महासचिव गुरुङले अहिलेसम्म संस्थाले आयोजना गरेका तालिमहरुको डकुमेन्टेसन गर्दै प्रशिक्षक र विद्यार्थीहरुको डाटा संस्थाको वेवसाइट तथा विभिन्न माध्याममार्फत प्रकाशन प्रसारण गर्ने पनि बताउनुभयो ।
संघले २०१७ डिसेम्बर ३१ देखि सुरु गरेको २६औं एडभान्स माउन्टेनियरिङ ट्रेनिङ यहि ११ फेबु्रअरीसम्म राजधानी काठमाडौं र लाङटाङमा सञ्चालन हुनेछन् । उक्त ट्रेनिङमा सन् २०१६ सम्म आधारभूत तालिम प्राप्त गरिसकेका २९ जना प्रशिक्षार्थीहरुलाई दश जना प्रशिक्षकहरुबाट तालिम दिइने छ ।
यस्तै यहि जनवरी ५ देखि १८ जनवरीसम्म काठमाडौं र सोलुखुम्बु पीके क्षेत्रमा सञ्चालन हुने माउन्टेन लिडर कोर्षमा १६ जना प्रशिक्षार्थी रहेका छन् । उक्त ट्रेनिङको लागि ३ जना प्रशिक्षक रहेका छन् ।
हाई माउन्टेन रेस्क्यु ट्रेनिङ ९एचएमआरटी०का लागि १५ जना प्रशिक्षार्थी रहेका छन् । तालिम ५ जनवरीमा सुरु भएर २२ जनवरी २०१८ मा सकिनेछ । तीन वटै तालिमको संयोजन तुलसिंह गुरुङले गर्नुभएको हो ।
यी विभिन्न प्रकारका तालिमबारे जानकारी दिनुहुँदै एनएमएका अध्यक्ष लामाले प्रशिक्षार्थीहरुको संख्या बृद्धि गर्दै लैजाने र प्रशिक्षकको संख्यामा पनि बृद्धि गर्दै लैजाने योजना रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार