नाट्टाको निर्वाचन सम्पन्न नतिजा राती अबेरसम्म आउने


काठमाडौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को नयाँ नेतृत्वका लागि आज (शुक्रबार) निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको नतिजा आज राती अबेरसम्म आउने संभावना रहेको नाट्टा कार्यसमिति सदस्यका उम्मेदवार कुमार थपलियाले जानकारी दिनुभयो
। नाट्टा नेतृत्वका लागि दुई प्यानलबीच प्रतिस्पर्धा भएको छ । नाट्टाको कुल चार सय ७० मतदाता मध्ये आज सम्पन्न निर्वाचनामा चार सय २४ मत खसेको थपलियाले जानकारी दिनुभयो । नाट्टाको ५१ औं साधारणसभासहितको निर्वाचनले १६ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । मत गणना ८ बजेबाट शुरु हुने नाट्टाले जनाएको छ ।

नाट्टा नेतृत्वका लागि सिएन पाण्डे नेतृत्वको प्यानलबाट उपाध्यक्षमा अच्यूत गुरागाई द्धितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिव रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भटराई तथा सदस्यहरुमा इन थापा, कुमार थपलिया, राजु ढकाल, फुरी शेर्पा, सुर्दशन नेपाल, रमेश पौड्याल, देवकी गुरुङ र रोमी श्रेष्ठ उम्मेदवार रहेका छन् ।
यसैगरी दिपेन्द्र कुमार शर्मा घिमिरे नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्ष चित्रबहादुर  गुरुङ, द्वितीय उपाध्यक्षमा  संगीता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सी. भट्टराई, कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डि.पि अर्याल (हरि), बेन्जु श्रेष्ठ (मुखिया), गीता ढकाल र विनोद कार्की उम्मेदवार रहेका छन् । नेतृत्वमा क–कसले बाजी मार्ला? आज राती अबेरसम्म नतिजा कुर्नपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार