नाट्टा अध्यक्षमा पाण्डे निर्वाचित

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा चेतनारायण पाण्डे निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न नाट्टाको ५१ औं चुनावी साधारणसभाबाट प्रथम उपाध्यक्षमा अच्युत गुरागाईं, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापालाई निर्वाचित हुनुभएको छ । यसैगरी सचिवमा सविता भट्टराई केसी, कोषाध्यक्षमा रामप्रसाद श्रेष्ठ, सहकोषाध्यक्षमा सुरेन्द्र भट्टराई आगामी नेतृत्वका लागि निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा गीता ढकाल, देवकी गुरुङ, इनु थापा, रमेश पौडेल, सुदर्शन नेपाल, अमृतकुमार ढकाल, फुरी ग्याल्जेन शेर्पा र राजु ढकाल निर्वाचित हुनुभएको छ ।
नाट्टा नेतृत्वका लागि पाण्डे र दिपेन्द्र कुमार घिमिरे नेतृत्वको दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । नाट्टाको कुल चार सय ७० मतदाता मध्ये निर्वाचनमा चार सय २४ मत खसेको थियो ।
पाण्डे नेतृत्वको प्यानलबाट उपाध्यक्षमा अच्यूत गुरागाई द्धितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिव रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भटराई तथा सदस्यहरुमा इन थापा, कुमार थपलिया, राजु ढकाल, फुरी शेर्पा, सुर्दशन नेपाल, रमेश पौड्याल, देवकी गुरुङ र रोमी श्रेष्ठ उम्मेदवार हुनुहुन्थ्यो ।
यसैगरी घिमिरे नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्ष चित्रबहादुर  गुरुङ, द्वितीय उपाध्यक्षमा  संगीता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सी. भट्टराई, कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डि.पि अर्याल (हरि), बेन्जु श्रेष्ठ (मुखिया), गीता ढकाल र विनोद कार्की उम्मेदवार बन्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार