दिक्तेल र पञ्चमीबजार सिधा यातायात सञ्चालन

सदरमुकाम दिक्तेलबाट दिप्रुङ गाउँपालिकाको टेम्मा हुँदै पञ्चमी बजारसम्म सिधा यातायात सञ्चालनमा आएको छ । दिक्तेलको अस्पताल चौकदेखि पञ्चमी बजारसम्मको करिब ५० किलोमिटर सडकमा यातायात भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

गाउँपालिकाले दिक्तेल–पञ्चमीबजार सिधा यातायात सञ्चालनमा ल्याएसँगै ६५ वर्षमाथिका यात्रुलाई नागरिकताको आधारमा निःशुल्क यातायात सेवा लिन पाउने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । दिक्तेल–पञ्चमीबजार बसको भाडादर ५०० कायम गरिएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।

दिक्तेल–पञ्चमी सिधा यातायात सञ्चालन भएपछि दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम दिक्तेल आवतजावत गर्न सहज भएको छ । निर्माण कार्य सकिएको लामो समयसम्म सवारी साधन सञ्चालन नहुदा स्थानीयवासी दुई दिनसम्म हिडेर सदरमुकाम दिक्तेल पुग्ने गरेका थिए ।

दिक्तेल–पञ्चमीबजार सडक बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रमले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण सम्पन्न गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार