राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुखलाई सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त भएका साट वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई शपथ गराएकी छिन्। अपरान्ह चार बजे राष्ट्रपति भवन शीतल निवासमा भण्डारीले उनीहरुलाई शपथ गराएकी हुन्।

प्रदेश–१ का प्रदेश प्रमुख गोबिन्द सुब्बा, प्रदेश–२ का रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ की अनुराधा कोइरालाले सपथ लिएका छन्। प्रदेश–४ का बाबुराम कुँवर, प्रदेश–५ का उमाकान्त झा, प्रदेश–६ का दुर्गाकेशर खनाल र प्रदेश–७ का मोहनराज मल्लले सपथ लिएका हुन्।

विहीबार सार्वजनिक विदा परेकाले प्रदेश प्रमुखको शपथ आज गराइएको हो।

नेपालको इतिहासमा पहिलो पटक प्रदेश प्रमुख बनेका उनीहरुलाइ राष्ट्रपति कार्यालयको प्रभाष हलमा सपथ गराइएको थियो। सो हल राष्ट्रपति भवनको सबैभन्दा महत्वपूर्ण हल मानिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार