पर्यटन क्षेत्रका नवनेतृत्वलाई जिटिनद्वारा बधाई तथा सम्मान

गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन)ले पर्यटन क्षेत्रसंग सम्बन्धित विभिन्न क्षेत्रका निर्वाचित नव नेतृत्वलाई बधाई तथा सम्मान कार्यक्रमको बृहत रुपमा आयोजना गर्यो ।

राजधानीमा मंगलबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा राष्ट्यि योजना आयोगका पूर्वसदस्य डा.गणेश गुरुङले पर्यटन क्षेत्रको विकासका लागि सबैले सहकार्यमा अघि बढ्नुपर्ने बताउनुभयो ।

पर्यटन बोर्ड सञ्चालन समितिका सदस्य दिपक महतले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफुहरु लाग्ने बताउनुभयो ।

आयोजक जिटिनका अध्यक्ष कमला गुरुङ, टानका अध्यक्ष नवराज दाहाल, नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाई लगायतले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि पूर्वाधार विकास हुनुपर्नेमा जोड दिएका थिए ।

जिटिनले आयोजना गरेको बृहत बधाई तथा सम्मान कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए), टे्किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नाटा, नारा, पाटा, एनटिभिए, टुर्गान, मगर सोसाईटी, पर्यटन पत्रकार संघ लगायत विभिन्न पर्यटनसंग संघ संस्थामा नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरीएको थियो ।

यस्तै पर्यटन बोर्ड मा मनोनित मनोनित सदस्य पर्यटन व्यवसायी दीपक महत, कृष्णबहादुर महरा, अवधेश दासलाई कार्यक्रममा बधाई तथा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार