नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य ः प्रधानमन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । नेपाल पर्यटन व्यवसायी संघको बृहत भेलालाई विहिबार सम्बोधन गर्दै उहाँले सर्वोच्च शिखर सगरमाथा, भगवान गौतमबुद्धको जन्मस्थल तथा भौगोलिक विविधतायुक्त नेपाल विश्व पर्यटनका लागि आकर्षक गन्तव्य भएको बताउनुभएको हो ।

नेपालमा पर्यटकहरु आउन चाहेको र आइरहेको उल्लेख गर्नुहुदैं प्रधानमन्त्री देउवाले पर्यटकलाई दिनुपर्ने सुविधा पर्याप्त नभएको बताउनुभयो । उहाँले पर्यटकलाई पर्याप्त सेवा सुविधा दिनसके पर्यटकको संख्यामा अझै बृद्धि हुने बताउनुभयो । पर्यटकको स्वागत, सत्कार र गुणस्तरीय सेवामा व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो ।


कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सरकारले सगरमाथा क्षेत्रमा निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेको उल्लेख गर्नुहुँदै त्यसका लागि बजेट विनियोजन भई काम शुरु भइसकेको जानकारी दिनुभयो । पर्यटकको सुविधालाई ध्यानमा राखी सरकारले सगरमाथा र अन्नपूर्ण आधार शिविर परिसर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेको बताउनुभयो । मन्त्री बस्नेतले यसको कार्यान्वयनबाट आरोहणका क्रममा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न र सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याउने विभिन्न पर्यटन व्यवसायीलाई सम्मान गरिनुका साथै पत्रकार अशोक सिलवाललाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार