पाँच वर्षदेखि बन्द पर्यटक आगन्तुक सूचना केन्द्र पुनःसञ्चालनमा

चितवनको सौराहास्थित पर्यटक आगन्तुक सूजनाकेन्द्र पुनःसञ्चालनमा आएको छ । पाँच वर्षदेखि बन्द रहेको आगन्तुक केन्द्र शुक्रबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराउने उक्त केन्द्र पुनःसञ्चालनमा आएको छ ।
निकुञ्ज प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उक्त केन्द्र शुभारम्भ गर्दै यसलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । विश्व सीमसार दिवसका अवसरमा आजबाटै पुनःसञ्चालन गरिएको सूचना केन्द्रबाट पर्यटकले निःशुल्क सूचना लिन सक्नेछन् ।
२०५० सालको बाढीले क्षति पु¥याएको सूचना केन्द्रमा गत साउनको बाढीले थप डुबानमा पारेपछि उचित मर्मत नहुँदा ओझेलमा परेको थियो ।
अब भने नियमितरुपमा यस केन्द्रलाई सञ्चालन गर्ने चितवन निकुञ्ज पूर्वी क्षेत्रका कार्यालय प्रमुख अभिनय पाठकले बताउनुभयो । करिब तीन लाखको लागतमा केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
यस केन्द्रबाट चितवन निकुञ्जको वस्तुस्थितिका साथै वन्यजन्तु, गैंँडा, अर्नाको स्थानान्तरणको सूचना र सीमसारका जीवबारे जानकारी पाउन सकिन्छ ।
पर्यटन व्यवसायी तथा संरक्षणकर्मी वासु ढुंगाना, टीका गिरी तथा सदर चिडियाखाना जाउलाखेलका प्रमुख डा चिरञ्जीवी पोखरेलले सूचना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच विश्व सीमसार दिवसको अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको छ । बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङले सौराहामा तीन दिने कार्यक्रमसहित सीमसार दिवस मनाइँदै गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार