सगरमाथा आरोहण अभियानमा रहेका संचारकर्मी महिलालाई फोनिजको शुभकामना


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले सगरमाथा आरोहणको अभियानमा रहेका संचारकर्मी महिलाहरुलाई खदा लगाई शुभकामना दिएको छ । सगरमाथाको सफल आरोहणका लागि शुभकामना दिनुहुँदैं फोनिजका अध्यक्ष डण्ड गुरुङले आरोहण गर्न हिम्मत गरेका संचारकर्मी महिलाहरुलाई अभियान र गन्तब्यमा पुग्न सफलताको शुभकामना दिनुभयो ।


शुभकामना कार्यक्रममा आरोहणको तयारीमा रहेका संचारकर्मीहरु पूर्णिमा श्रेष्ठ, डोमा शेर्पा, रोजिता बुद्धाचार्यलाई, रोशा बस्नेत, कल्पना महर्जन, प्रियालक्ष्मी कार्की, देउराली चाम्लिङलाई शुभकामना दिइएको थियो ।
कार्यक्रममा भने संचारकर्मीहरु पूर्णिमा श्रेष्ठ, डोमा शेर्पा र रोजिता बुद्धाचार्यमात्र पुगेका थिए । शुभकामना कार्यक्रममा फोनिजका महासचिव गजुरधर राई तथा फोनिजका पूर्व अध्यक्ष मोहनसिं लामाले पनि आरोहणको तयारीमा रहेका संचारकर्मीहरुलाई शुभकामना दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार