रुबीभ्यालीको विकट विद्यालयमा जापानी दूतावासको सहयोग


धादिङ । पर्यटकीय रुबीभ्याल्ली गाउँपालिकाको सेर्तुङ गाउँस्थित चम्रादेबी विद्यालयलाई जापानी दूतावासले ३ कोठे विद्यालय भवन निर्माण गरिदिने भएको छ । २०७२ को भूकम्पमा क्षतिग्रस्त विद्यालय भवन निर्माणमा जापानी दूताबासले सहयोग गर्नेभएको हो ।


विद्यालय भवन निर्माणका लागि नेपालका लागि जापानी राजदुत मासासी ओगावा र हिड नेपालका अध्यक्ष राकेंश गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । परियोजना सम्झौतामा हस्ताक्षर गनुहुदैं जापानी राजदुत ओगावाले पुनःनिर्माणमा ढिलाई हुदाँ भूकम्पका पिडितहरुले कष्टकर जीवन विताइरहेको उल्लेख गर्नुभयो । तीनकोठे भवन निर्माणपश्चात कक्षा १ देखि ३ सम्मका ८० जना बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने पनि राजदुत ओगावाले बताउनुभयो । उहाँले भन्नुभयो ‘हिड नेपालको सहयोगमा हस्ताक्षर गर्न पाएकोमा ज्यादै खुशी छु ।’
हामाकिता रोटरी क्लबका अध्यक्ष तोरु फुजिमाराले विद्यालय भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।


हिड नेपालका अध्यक्ष राकेंश गुरुङले भुकम्पले तहसनहस पारेको विद्यालय भवन निर्माण गर्न लागेकोमा दुतावासप्रति आभार ब्यक्त गर्नुभयो ।
रुबीभ्याली गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले पर्यटकीय क्षेत्र तथा  रुबीभ्यालीलाई नै राम्रो बनाउन जापानी दूतावासले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।


जापानमा बसोबास गर्दै आउनुभएका रुबीभ्याली गाउँपालिकाका विलबहादुर गुरुङ तथा नेपालबाट परियोजनाका संयोजक तथा पर्यटन व्यवसायी कुलबहादुर गुरुङको संयोजकत्वमा विद्यालय भवन निर्माण कार्यका लागि विहिबार हस्ताक्षर भएको हो । गुरुङद्वयको संयोजन र सहकार्यमा धादिङ जिल्लाको विकट गाउँमा रहेको चम्रादेवी विद्यालय भवन निर्माणमा जापानी दूतावासले सहयोग गर्ने इच्छा देखाएको थियो । तीनकोठे भवन निर्माणमा लगभग ९० लाखको सहयोग जापानी दूतावासले गर्ने जनाएकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार