कुन्छालमा ‘होम स्टे’ प्रवर्धन गर्न अवलोकन भ्रमण


कुन्छाल गाउँमा ‘कुन्छाल होमस्टे’ प्रवर्धन गर्न अवलोकन भ्रमण गरिएको छ । मकवानपुर जिल्लाको थाहानगरपालिका स्थित कुन्छाल गाउँमा भिटोफ नेपालको आयोजना तथा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को संयोजनमा एकदिने अवलोकन भ्रमण गरिएको हो ।
भ्रमणमा टान अध्यक्ष नवराज दाहाल, उपाध्यक्ष जीवनथापाामगर, पूर्व महासचिव कर्ण लामा लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

कुन्छाल गाउँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे प्रवद्र्धन अवलोकन भ्रमण आयोजना गरिएको टानका संचार संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यमा सम्पन्न अवलोकन भ्रमण कार्यक्रममा थाहानगरपालिकाका मेयर लवशेर विष्ट, कुन्छाल गाउँ भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो ।


अवलोकन भ्रमणका क्रममा कुन्छालका स्थानीय समुदायले भब्य स्वागत गर्नुका साथै विविधता झल्कने साँस्कृकित कार्यक्रम पस्केका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार