शुरु भयो मगर पर्यटन समाजको गुरिल्ला ट्रेक


नेपाल मगर पर्यटन समाजले आजदेखि नौ दिने गुरिल्ला ट्रेक शुरु गरेको छ । मध्य पश्चिमी क्षेत्रको ओझेलमा परेको पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गुरिल्ला ट्रेङिक आयोजना गरिएको मगर पर्यटन समाजका अध्यक्ष अनुप थापमगरले जानकारी दिनुभयो ।
चन्दन थापामगरको संयोजनमा शुरु गरिएको ट्रेकमा पर्यटन क्षेत्रसंग सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मी लगायत ४० जना पदयात्री रहनेछन् । पदयात्रामा प्रत्येक क्याम्पमा स्थानीय तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरुसंग बृहत कार्यक्रमको आयोजना गरिने समाजका महासचिव जीवन थापामगरका बताउनुभयो ।


मध्यपश्चिम क्षेत्रका म्याग्दी, बागलुङ, रुकुम, रोल्पा लगायत पश्चिमी क्षेत्रलाई समेटेर नेपाल सरकाले सन् २०१२ मा गुरिल्ला टे«क शुरु गरेको थियो । गुरिल्ला ट्रेकमा पर्ने धेरैजसो पदमार्गमा मगर समुदायको बसोबास रहेको छ ।
पदयात्रामा पश्चिमी क्षेत्रका हिमाल, पहाड, ंजंगल, नदीनाला, छहरा, ग्रामिण बस्ती, जंगली जनावर, पशुपंक्षी लगायतको समेत अवलोकन गर्न सकिने महासचिव मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार