प्याराग्लाइडिङमा आकर्षित हुँदैं पर्यटक


प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटकको आकर्ण बढ्न थालेको छ । व्यवसायिक रुपमा पन्ध्र वर्षअघि शुरु भएको साहसिक प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने माध्यम बनेको हो । धरान र भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन् ।
प्याराग्लाइडरका अनुसार मौसम अनुकूल हुँदा धरानको आकाशमा दैनिक पर्यटकले उडान भर्ने गरेका छन् । पोखरामा हुने प्याराग्लाइडिङको विकल्पका रुपमा धरान बनेको छ ।
धरानको भौगोलिक बनावट र मौसम प्याराग्लाइडिङ पाइलटलाई उपयुक्त रहेको छ । धरान वरिपरिका गोर्खे पार्क, चिन्डे डाँडा, भेडेटारलगायतका स्थानबाट सहजैरुपमा उडान भर्न सकिने अवस्था रहेको प्याराग्लाइडर क्षितिज बटाजोले बताउनुभयो ।
विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिएको छ । स्थानीय निकाय र सरकारले यसको प्रचार र आवश्यक भौतिक सुविधाको व्यवस्था गरे यो साहसिक खेलले धरानको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बुढा सुब्बा प्याराग्लाइडिङ प्रालि धरानका सञ्चालक लेखमणि जिमीले बताउनुभयो ।
पर्यटन प्रवद्र्धन भन्ने बित्तिकै मठमन्दिर घुमाउने योजना बनाउने धरानको स्थानीय सरकारलगायत सम्बन्धित निकायले प्याराग्लाइडिङको व्यावसायिक विकासका लागि पनि योजना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार