पर्यटन प्रवद्र्धन गर्न होमस्टे तालिम


नुवाकोट । पर्यटन प्रवद्र्धन गर्न नुवाकोटको दुपचेश्वरको गाउँखर्कमा होमस्टे तालिम सञ्चालन गरिएको छ । जिविकोपार्जन कार्यक्रम अन्तर्गत होमस्टे तालिम सञ्चालन गरिएको हो ।
नुवाकोट जिल्लाको दुपचेश्वर गाउँपलिका वडा नम्बर २ गाउँखर्कको स्याङ्तान टोलमा अक्सफार्मको साझेदारीमा कार्डसन नुवाकोटद्वारा तालिम सञ्चालन गरिएको हो । माघ २४ बाट दुईसातासम्म तालिम सञ्चालन गरिएको थियो ।


तालिमको समापन कार्यक्रममा दुपचेश्वर गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी योबिन्द्व सिं तामाङले पर्यटन बिकासमा दुपचेश्वर गाउँपालिकालाई जिल्लाको नमुना गाउँपालिका बनाउन आफुले हरदम प्रयास गर्ने बताउनुभयो ।
विशेष अतिथि तारागाउ बिकास समितिका घनश्याम ढकालले पर्यटनका लागि दुपचेश्वर उपयुक्त ठाउँ भएकोले होमस्टेले राम्रो आम्दानी गर्न सक्ने बताउनुभयो ।


लाङटाङ गोसाइँकुण्ड जाने पदमार्ग यहीँ कुटुङसाङ स्यङतानटोल भएर आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्ने भएकाले होमस्टे बाट राम्रो आम्दानी गरि जिविकोपार्जन गर्न सहज हुने कार्डसन नुवाकोटका कार्यक्रम सयोजक भुवन वाईबाले बताउनुभयो । तालिममा २० जना सहभागी रहेको अक्सफाम नुवाकोटका जिविकोपार्जनका टिमलिडर निरज थारुले जानकारी दिनुभयो । तालिमका सहभागीहरुलाई काभ्रेको पात्लेखेत होमस्टे पनि अबलोकन गराईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार