अन्तर्राष्ट्रिय क्रिकेट ईतिहासमा नेपाललाई पहिलो सफलता


अन्र्तराष्ट्रिय क्रिकेट इतिहासमा नेपालले पहिलो सफलता हात पारेको छ । यो सफलतासंगै अब चार वर्षसम्मका लागि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको हो ।
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो ।
नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पाउने छ भने आइसिसीले अहिले गर्दै आएको सहयोगमा वृद्धि हुनेछ । सो हारसँगै पपुवा न्यूगिनीको एकदिवसीय मान्यता भने खोसिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार