अष्ट्रियन आरोहीको शव जिम्मा लगाइयो

काठमाडौं । लोबुचे हिमाल आरोहणका क्रममा गत डिसेम्बरदेखि हराइरहेका अष्ट्रियन आरोही मार्कस मृत फेला परेका छन् । मृत मार्कस गत डिसेम्बरमा रामदुङ ट्रेक एण्ड एक्पििडिसनमार्फत लोबुचे आरोहणका लागि हिडेका थिए । सोहि समयदेखि उनको खोजीका लागि प्रयास भएपनि सफल हुन सकेको थिएन । मृत मार्कसलाई निमा एड्भेन्चर ट्रेक एण्ड एक्सपिडिसनले यसैसाता लोबुचे पूर्वमा मृत अवस्थामा फेला पारेको हो । हाल उनको शव लुक्लाबाट काठमाडौं ल्याई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । निमा एड्भेन्चर ट्रेक एण्ड एक्सपिडिसनका डाइरेक्टर कान्छा  शेर्पा लगायत चार जना शेर्पाको टोलीले उक्त शव लुक्ला ल्याएका थिए । अष्ट्रियन मार्कसको शव उनको परिवारका सदस्यलाई जिम्मा लगाइसकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार