गोसाइँकुण्डमा ड्रोन क्यामेरा निषेध


रसुवा । धार्मिक पर्यटकीय तीथस्थल गोसाईकुण्डमा ड्रोन क्यामेरा लैजान निषेध गरिएको छ । रामसार सूचिमा सूचीकृत पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने पर्यटकका लागि ड्रोन क्यामेरा लैजान निषेध गरिएको हो ।
गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्ज धुञ्चेस्थित सुरक्षा जाँचका क्रममा लैजान रोक लगाइएको ट्रेकिङगाईड पासाङ शेर्पाले बताउनुभयो । क्यामेरम लैजान नपाइने पूर्व जानकारी नहुँदा पर्यटकहरुमा निराशा बढुने भएकाले निषेधित वस्तुहरुको बारेमा पूर्वजानकारी भएमा यात्रा सहज हुने गाईड शेर्पाले बताउनुभयो । ड्रोन क्यामेराले रिमोटको सहायताले ५०० मिटर माथि गई श्रव्यदृश्य कैद गर्न सक्ने बताइन्छ ।
साधारणबाहेक त्यस्ताखाले कुनै पनि क्यामेरा लैजान गृहमन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको स्वीकृती चाहिने भएकाले पर्यटकबाट राखिएको ड्रोन क्यामेरा ती पर्यटक फर्किएपछि फिर्ता दिइने लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले जानकारी दिनुभयो ।
लाङटाङ राष्ट्रिय नीति नियमको अधिनमा रही पर्यटकलाई दिन सकिने सेवामा कुनै कन्चुस्याइँ नगरेको समेत प्रमुख संरक्षण अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार