प्रधानमन्त्री ओलीले नयाँ वर्षमा देशबासीलाई राराबाट सम्बोधन गर्ने


नयाँ वर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । कर्णाली प्रदेशले आयोजनामा हुने पर्यटन वर्ष २०७५ मा रारा ताल पुग्नुहुने प्रम ओलीले सोही स्थानबाट देशबासीको नाममा सम्बोधन गर्ने हुनुभएको हो ।

प्रधानमन्त्री ओलीले मुगुको रारामा हुने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्नुहुने बताउनुभयो । उहाँले भन्नुभयो “कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” , राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार