आरोहीहरु लागे हिमालतिर


हिमाल आरोहणको समय शुरु भएसंगै आरोहीहरु धमाधम हिमालतिर लागेका छन् । वसन्त ऋतु शुरु भएसंगैं आराहीहरु सर्वोच्च शिखर सगरमाथा लगायत हिमाल आरोहणका लागि हिमालतिर लागेका हुन्
सगरमाथा, कञ्चनजंगा, ल्होत्से, मकालु, अमादब्लम लगायत हिमाल आरोहण गर्न नेपाली तथा विदेशी मुलुकका ठूलो संख्यामा आरोहीहरु हिमालतिर लागेका छन् ।


हिमाल आरोहणका लागि सोमबारसम्ममा २३ वटा आरोहण समूहले अनुमति प्राप्त गरेको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार यी मध्ये १५ वटा सगरमाथा आरोहण समूह छन् । आरोहणका लागि अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता रहने विभागको अनुमान छ ।
आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । पाँच हजार छ हजार मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाइसकेको पर्यटन विभागले जनाएको छ ।
हिमालतिर लागेका आरोहीहरुको आरोहण बैशाख तेस्रो सातादेखिमात्र शुरु हुनेछ । कतिपय आरोहण समूह आउने क्रममै छन् ।


सगरमाथा आरोहणका लागि जाने आरोहीबाट सरकारले प्रतिव्यक्ति (विदेशी) सँग रु ११ लाख दस्तुर लिने गरेको छ । नेपालीलाई भने सरकारले प्रतिब्यक्ति ७५ हजार दस्तुर लिने गरेको छ ।
विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा प्रतिब्यक्ति ३० देखि ३५ लाखसम्म खर्च हुने नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘कतिपय बिदेशीले करोडसम्म खर्च गर्छन् ।’ सगरमाथा आरोहणमा जाने एक समूहमा सातजनादेखि बढीमा १५ जनासम्म हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार