यो वर्षदेखि आरोहणमा कडाइ


हिमाल आरोहणमा पर्यटन विभागले कडाइ गर्ने भएको छ । सगरमाथा आरोहणमा फर्जी कागजात पेश गरेको लगायत विवादास्पद गतिविधी देखिन थालेपछि विभागले सगरमाथा लगायत अन्य हिमाल आरोहणमा कडाइ गर्ने भएको हो । हिमाल आरोहणलाई व्यवस्थित, मर्यादित, सुरक्षित र जिम्मेबार बनाउन यसवर्षदेखि कडाइ गरिने भएको छ ।
पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार पर्वतारोहणलाई मर्यादित बनाउन विभागका प्रमुख नै खटिनुभएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आरोहणलाई थप व्यवस्थित र जिम्मेवार बनाउन यो पटकदेखि आफैँले जानकारी गराउन थालेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार