पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास आवश्यकः अध्यक्ष दाहाल


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ । आर्थिक विकासका लाथि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामूहिक प्रयास हुनुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभएको हो ।
नेपाल एशोसियसन अफ ¥याफटिङ एजेन्सिज (नारा) द्वारा आयोजित साहसिक जलयात्रा (पर्यटन, वर्तमान र भविष्य विषयक अन्तक्रियामा अध्यक्ष दाहालले प्राकृतिक सम्पदाले धनी नेपालमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छिमेकी देशहरुलाईमात्र लक्षित गरी निश्चित प्रतिशत पर्यटकलाई नेपाल आउने वातावरण बनाउन सकेमा देशको आर्थिक स्थिति मजबुद हुनेछ ।’


पूर्वमन्त्री तथा कांगेसका केन्द्रीय सदस्य गगन थापाले पर्यटन नै देश विकासको मुख्य औजार भएकाले पर्यटन प्रवद्र्धनमा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महतले राज्यले नदी नालाको बारेमा छुट्टै नीति बनाउनुपर्ने बताउनुभयो ।
ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले आफुखुसी ¥याफ्टिङ सञ्चालन गर्नेहरुलाई राज्यले नियन्त्रणमा लिनुपर्ने भन्दै ¥याफटिङ गर्न उपयुक्त स्थानहरुमा जलविद्युत् उत्पादन गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार