रारा –कर्णाली पर्यटन वर्ष २०७५ प्रम ओलीद्वारा उद्घाटन


प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को शनिबार उद्घाटन गर्नुभएको छ ।
महोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले रारा एक पटक पुग्नैपर्ने ठाउँ भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइनुका साथै जडीबुटीको प्रदेश कर्णालीलाई अर्गानिक प्रदेश, कर्णाली राजमार्गको स्तर वृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रविन्द्रप्रसाद अधिकारीले रारा र से फोक्सेण्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्ष्िभत्र निरक्षरता उन्मूलन गर्ने र यो वर्ष विद्यार्थी भर्नाका लागि राष्ट्रिय अभियान अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो । रमहोत्सवमा १५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार