व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुने ः खनाल


भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पु¥याउने पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बताउनुभएको छ । ब्यापार घाटा चरम विन्दुमा पुगिरहेका बेला विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै खनालले यस्तो बताउनुभएको हो ।
नेता खनालले छिमेकी भारतमा यहाँका हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताउनुभयो ।
विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातावरण अनुकुल कोठा रहेका छन् । छ तल्ले होटलमा स्विमिङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा स्विट कोठाको समेत व्यवस्था गरिएको छ ।
पर्यटकको बसाइलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताउनुभयो ।
होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनुका साथै थप एक सेमिनार हलको निर्माण गर्ने निर्देशक न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार