दक्षिण एसियाली जुडोमा ६४ पदकका लागि १ सय २ खेलाडीबीच प्रतिस्पर्धा हुने

नेपाल जुडो संघको आयोजनामा आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिप यही वैशाख ८ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ। ६ देशको सहभागिता रहने प्रतियोगितामा ६४ पदकका लागि १ सय २ खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भइसकेको जनाएको छ। प्रतियोगितामा नेपालका २ तथा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका १–१ गरि ७ समूहको सहभागिता रहने संघले जनाएको छ।

७ समूहका ५५ पुरुष तथा ४७ महिला खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले बताए।

पुरुष र महिला एकलतर्फ ७–७ स्वर्ण, ७–७ रजत, १४–१४ कास्य तथा पुरुष र महिला टिम इभेन्टमा तर्फ समान १–१ स्वर्ण र रजत तथा २–२ कास्यका लागि प्रतिस्पर्धा हुनेछ।

पुरुषतर्फ ६० केजी मुनी, ६६ केजी मुनी, ८२ केजी मुनी, ९० केजी मुनी, १०० केजी मुनी र १०० केजी माथि तथा महिलातर्फ ४८ केजी मुनी, ५२ केजी मुनी, ५७ केजी मुनी, ६३ केजी मुनी, ७० केजी मुनी, ७८ केजी मुनी र ७८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

च्याम्पियनसिपमा लागि करिब ५० लाख खर्च लाग्ने र राखेपले २० लाख, अन्तर्रा्ष्ट्रिय जुडो महासंघ र एसियाली जुडो महासंघले १०–१० लाख सहयोग गर्नेसंघले जनाएको छ।

संघले तेस्रो पटक दक्षिण एसियाली च्याम्पियनसिपको आयोजना गर्न लागेको हो। यसअघि संघले सन् २००८ मा पाँचौ तथा २०१४ मा सातौँ च्याम्पियनसिप आयोजना गरिसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार