इन्द्रले दिलाए नेपाललाई स्वर्ण, पदक तालिकामा नेपाल दोस्रो स्थानमा ।

काठमाडौंमा जारी आठौ‌ दक्षिण एसियाली जुडो च्याम्पियनसिपको दोस्रो दिन आज भारतले थप ६ स्वर्ण पदक जितेको छ । यसअघि शनिबार भएको उद्घाटन खेलमा उसले ४ स्वर्ण जितेको थियो।

दोस्रो दिनको खेल सकिदा भारत १० स्वर्ण र ३ कास्यसहित पहिलो स्थानमा छ । दोस्रो दिन नेपालले एक स्वर्ण हात पारेको छ। यसअघि  नेपालले एक स्वर्ण जितेको थियो । नेपाल २ स्वर्ण, ६ रजत र १३ कास्यपदक जित्दै दोस्रो स्थानमा छ।

आज ६६ केजी मुनि तौल समूहमा नेपालका इन्द्र बहादुर श्रेष्ठले पाकिस्तानका बाबर हुसेनलार्इ इप्पोनमा पराजित गर्दै स्वर्ण हात पारेका हुन्। सोही विधामा भारतका अंकित विष्टले श्रीलंकाका रोहन मादुसंकालार्इ पराजित गर्दै कास्य हात पारे।

७३ केजी तौलमुनी भारतका अजय यादवले नेपालका संजित डंगोललार्इ  पराजित गर्दै स्वर्ण हात पारे। सो स्पर्धामा नेपालका जंगबहादुर सारु र पाकिस्तानका नदिम अकरम दुवैले समान रुपमा कास्य हात पारे।

महिला ७८ केजीमुनि भारतकी उलिका मानले श्रीलंकाकी मालिनी सिल्भालार्इ पराजित गर्दै स्वर्ण जितिन्। यस स्पर्धामा पनि नेपालकी अाकृती जोशी र बंगलादेशकी ताहिम अख्तर लोपाले कास्य जिते।

पुरुष ६० केजीमुनिको स्पर्धामा भारतका विजय यादवले स्वर्ण जिते। उनले श्रीलंकाका मिलिन्दा सिनाभिरथ्नेलार्इ पराजित गरे। यसविधामा नेपालका रोशनबहादुर दोङ र उमेश मगरले कास्य जिते।

महिला ७८ केजी तौलमुनि भारतकी जुनिदेवी चोङटोमले स्वर्ण जितिन्। उनीसँग पराजित नेपालकी पुनम श्रेष्ठले रजतमै चित्त बुझाइन्। यस स्पर्धामा नेपालकी भावना घर्तीमगर र पाकिस्तानकी बेनिसा खान तेस्रो बनिन्।

यता, ८१ केजी पुरष तौल समूहमा नेपालका सन्जय महर्जनलार्इ पराजित गर्दै भातका दिवेशले स्वर्ण जिते। पाकिस्तानका अावास मोहम्मद र श्रीलंकाका श्रीहर्ष पाइरिसले कास्यमा चित्त बुझाए।

भारतकी गरिमा चौधरीले लिगचरणका चारवटै खेल जित्दै महिला ७० केजीमुनि स्वर्णपदक हात पारिन्। उनले वंगलादेशकी फारिना खानोमलार्इ पराजित गरेकी थिइन्। यस स्पर्धाको कास्य पदक श्रीलंककी रिवानी जयामार्थनी र नेपालकी सुनिता मगरले सयुंक्त रुपमा जिते।

यस्तै, प्रतियोगितामा आज एकल प्रतिस्पर्धाहरु सकिएका छन् । भोली समूह प्रतिस्पर्धा हुने आयोजक नेपाल जुडो संघले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार