सोलुखुम्बु प्रहरीको सफल अप्रेशन – चोरका गरोह देखि छोरी बलात्कारी समातिए, एकसाथ ४ बटा आपराधिक घटनामा संलग्नहरु सार्वजानिक ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न आपराधिक घटनामा संलग्न भएकाहरुलाई पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । जिल्लाका विभिन्न स्थानमा भएका चोरी, जबरजस्ती करणी र केही सार्वजानिक अपराधका घटनामा संलग्न भएकाहरुलाई पत्रकार सम्मेलन गरी आईतबार प्रहरीले सार्वजानिक गरेको हो ।

एकै रातमा सदरमुकामका सात वटा पसल चोरी गर्ने तथा जिल्लाकै प्रसिद्ध धार्मिक स्थल ज्वालामाई देवीको मन्दिरबाट भेटी तथा सुनचाँदीका गरगहना चोरीमा संलग्न रही फरार रहेका खोटाङका अनिल श्रेष्ठ र सदरमुकाम सल्लेरीबाट निर्माण सामाग्री चोरीमा संलग्न रहेकाहरुलाई प्रहरीले एकैसाथ सार्वजानिक गरेको हो ।

पसल चोरीमा संलग्न रहेका रुपाकोट मझुवागढी १२ खोटाङका श्रेष्ठलाई लामो प्रयास पछि प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरिएको बताएको छ । उनलाई प्रहरीले विशेष अप्ररेशन टोलीले उदयपुर, खोटाङ, काठमाण्डौंबाट पक्रन असफल भएको थियो । काठमाण्डौं हुदै पोखरासम्मको निरन्तर फलोअफपछि मात्र उनलाई पक्राउ गर्न प्रहरी सफल भएको सोलुखुम्बुका प्रहरी प्रमुख रेमश बहादुर पराजुलीले बताउनुभयो । उनको साथबाट चोरी गर्दा तालाचावी फुटाउन प्रयोग गरिएको वाङगो फलामको रड र फुटाएका चावी समेत अनुसन्धानको क्रममा बरामद गरिएको छ । उनले यसअघि समेत ७ स्थानमा चोरी गरिसकेको खुलेको छ । चोरी गरी संकलन गरेको रकम मोजमस्तीमा उडाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यस्तै सदरमुकाम सल्लेरी स्थित अमन स्टोरको निर्माण सामाग्री चोरी गरि लैजाने क्रममा पक्राउ परेका राम काजी विक र उनलाई चोरीमा सहयोग गरेका थुलुङ दुधकोशी गाउपालिका १ का अर्जुन भुजेल सोलुदुधकुण्ड नगरपालिका ११ का मुकेश खड्का, अर्जुन खड्का र भल बहादुर विश्वकर्मालाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । फरार एक जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

स्टोर अगाडि राखिएका निर्माणका सामाग्रीहरु जस्ता, फलामे रड चोरी गरी ट्याक्टरबाट तिङंला लैजादै गर्दा उनीहरुलाई बाटैमा पक्राउ गरिएको थियो । बजारबाट किनेर लगे जस्तै गरी उनीहरुले नाटकीय ढङबाट चोरी गरेको प्रहरीले उल्लेख गरेको छ ।

जिल्लाको सोताङ र मुक्लिमा भएको स्काभेटर आगजनीमा संलग्न भएकाहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

केही सार्वजानिक अपराध अन्तरगत नेपाल कम्युनिष्ट पार्टी माओबादी विप्लव समुहका ३ जना कार्यकर्ता समेत प्रहरीले पक्राउ गरेको छ । सार्वजानिक सवारी साधनहरु रोकी बाधा अबरोध पुर्याउने, डर त्रास धम्की दिने र अपशव्द बोली सर्वधारणलाई हैरानी गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सक्रेटरी मणी कुमार राई र  कुमार राई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले पर्चा पम्प्लेट सहयोग रसिद बरामद गरेको छ ।

यस्तै डर त्रास र धम्की देखाई १४ बर्षकी आफ्नै छोरीलाई जबरजस्ती करणी गरेका परिबर्तित नाम विदेश १ लाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको सम्मेलनमा जानकारी गराईएको छ । छोरीको २४ हप्ताको गर्भ रहेको समेत प्रहरीले उल्लेख गरेको छ । आमा घर बाहिर रहेका बेला शिरानीमा खुकुरी राखेर डोरीले बाधी जबरजस्ती करणी गर्ने गरेको पीडित बालिकाले बताएकी छिन ।

उनलाई विगत ३ बर्षयतादेखि निरन्तर धम्क्याउदै जबरजस्ती करणी गर्ने गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । विदेश १ लाई  जबरजस्ती करणी, हाडनाता करणी र डर त्रास र धम्की सम्बन्धी ३ बटा मुद्धा लगाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार