२५६२ ‌औं बुद्ध जन्मजयन्ती विविद कार्यक्रम गरी मनाईदै

शेर्पा सेवा केन्द्र काठमाण्डौंले बौंद्धधर्मालम्वीहरुका महान धर्मगुरु भगवान गौंतम बुद्धको २५६२ ‌औं जन्मजयन्ती विविद कार्यक्रम गरी मनाउने भएको छ । विगतका बर्षहरुमा झै यस बर्ष पनि विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउन लागिएको । बुद्ध जयन्ती मुल समारोह समितीले जनाएको छ ।

समितीका अनुसार सोही दिन परमपुज्य धर्मगुरु जटुल ङवाङ तेन्जिङ जिग्डल रिन्पोटेबाट छेवाङ (अभिषेक) प्रदान गर्ने गरिने कार्यक्रम रहेको छ । यस्तै विहान ७ बजेबाट चावहिल, मित्रपार्क हुदै कुटुबाहलमा रहेको प्राचिन बुद्ध विहारसम्म शान्ति पदयात्रा गरी पुन शेर्पा सेवा केन्द्र फर्कने कार्यक्रम राखिएको छ ।

पदयात्रामा व्यानर सहित सहभागी हुन विभिन्न सघंसंस्था र छोक्पाहरालाई मुल समारोह समितीले आग्रह समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार