पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका खेलाडीहरुको नाम सार्वजनिक ।

२०७४ सालमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चा बटुल्न सफल नेपाली खेलाडीहरुलार्इ समेट्दै नेपाल खेलकुद पत्रकार मञ्चले पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका  खेलाडीहरुको नाम सार्वजनिक गरेको छ ।

पल्सर स्पोर्टस् अवार्ड २०७४ आउँदो जेठ ३ गते काठमाडौंमा हुदै‌छ । गतवर्ष प्रदर्शन र चर्चाका आधारमा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा, भलिबलका मानवहादुर श्रेष्ठ र टेवल टेनिसका स्यान्टु श्रेष्ठ पुपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका हुन्।

अवार्डका लागि एसएमएस भोटिङ र फेसबुक लाइकलार्इ ५० प्रतिशत तथा सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी ३५ खेलका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यहरुको ५० प्रतिशत मतभार मानिनेछ। यस अवार्डको विजेताले एक थान बजाज पल्सर बाइक पाउनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार