म्याराथन दौडका लागि शुल्क निर्धारण


लाङ्टाङ पदमार्गमा हुने अन्र्तराष्ट्रिय म्यारथन दौडमा सहभागी हुनेहरूका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ ।
दौडमा सहभागी हुन नेपाली प्रतिस्पर्धीका लागि पच्चीस सय रुपैंयाँ र विदेशीका लागि ७५ युएस डलर शुल्क निर्धारण गरिएकोे ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष जीवन थापा मगरले जानकारी दिनुभयो ।
टानको आयोजनामा आगामी जेठ ५ गते हुने दौड समुद्री सतहदेखि तीन हजार नौ सय मिटरको उचाइमा रहेको लाङ्टाङको क्याङ्जिनदेखि शेर्पा गाउँ हुँदै ४२ किमी दूरीको स्याफ्रुबेँसीसम्म हुनेछ । दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार रकम समेत निर्धारण गरिएको टानले जनाएको छ ।
म्मराथन दौडका लागि महिला पुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कार व्यवस्था गरिएको छ । म्याराथन दौडमा पहिलो हुनेलाई १ लाख पाँच हजार, दोस्रोलाई ७८ हजार र तेस्रो हुनेलाई ५२ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।
तेस्रो तेस्रो पटक आयोजना गरिएको यस दौडमा एकसयभन्दा बढीको सहभागीता रहने अनुमान छ । दौडका लागि सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा पर्यटकीय पदमार्ग भएका कारण वातावरण संरक्षणका लागि मानव सिर्जित फोहर ठाउँठाउँमा राखिएको डम्पिङ साइडमा मात्र फाल्ने व्यवस्था मिलाउन आयोजक संस्था टानलाई आग्रह गरिएको निकुञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार