एन्फा अध्यक्षमा शेर्पा निर्वाचित ।

अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् ।  शेर्पाको विजयसँगै एन्फामा गणेश थापा युगको अन्त्य भएको छ ।

शनिबार सम्पन्न निर्वाचनको मतगणनाको अन्तिम मतपरिणाममा गणेश थापा बिरोधी खेमाका शेर्पाको प्यानलै विजयी भएको छ। अध्यक्षमा शेर्पाले ६३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी मणि कुँवरले जम्मा १२ मत प्राप्त गरे। यसअघि सम्पन्न उपाध्यक्ष र कार्यसमिति सदस्यमा पनि शेर्पाको सम्पूर्ण प्यानल नै विजयी भएको थियो।

अध्यक्षसहित ४ उपाध्यक्ष र ११ केन्द्रीय कार्यसमिति सदस्य रहने एन्फामा शेर्पाको प्यानलको एकलौटी विजयी भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार