टानले तेस्रो पटक अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन अयोजना गर्दै


ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले दिगो पर्यटनका लागि खेलकुद (एड्भेन्चर स्पोर्टस फर सस्टेनेवल टुरिजम) भन्ने मूल नाराका साथ अन्र्तराष्ट्रिय लाङटाङ म्याराथन प्रतियोगिता आयाजना गर्ने भएको छ ।
लाङटाङ क्षेत्रलाई विश्वकै साहसिक खेलकुदका लागि अन्तर्राष्ट्रिय पर्यटकीय गन्तब्यको रुपमा परिचित गराउन टानले तेस्रो पटक अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो । रसुवा जिल्लामा आयोजना हुने तेस्रो लाङटाङ म्याराथन जेठ ५ गते हुने भएको छ ।
पर्यटन प्रवद्र्धन गर्न तथा २०७२ को भूकम्पबाट प्रभावित लाङटाङ क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन सन्देश प्रवाह गर्दै टानले अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन आयोजना गर्न लागेको टानका अध्यक्ष नवराज दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरैजसो पुन संरचनाको काम सम्पन्न भइसके पनि पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेकाले त्यहि उद्देश्यका लागि हामीले अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन प्रतियोगिता आयोजना गरेका हौं ।’


१९ मे मा आयोजना हुने म्याराथन रसुवाको क्यान्जिङ गुम्बादेखि शुरु भई शेर्पा गाउँ हुँदैं ४२ किमी दूरीको स्याब्रुबेशीमा आएर सम्पन्न हुनेछ । म्याराथन विहान ७ बजे शुरु भइ ११ बजे सकिने टानले जनाएको छ ।
वि.सं.२०७२ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको लाङटाङ क्षेत्रमा पुननिर्माण र त्यहाँको पुनसंरचनाका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले टानले दुई वर्ष अघि लाङटाङ म्याराथन प्रतियोगिताको शुरुवात गरेको थियो ।
म्याराथन दौडका लागि महिला पुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । म्याराथन दौडमा पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमश १ लाख पाँच हजार, ७८ हजार सात सय पचास र ५२ हजार पाँच सय पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्ने टानले जनाएको छ ।
तेस्रो पटक आयोजना गरिएको यस दौडमा सयभन्दा बढीको सहभागीता रहने अनुमान छ । दौडका लागि सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार